नियम १४
परीक्षा वा विज्ञापन रद्द गर्न सक्ने
: कुनै गम्भीर कारण परी परीक्षा सञ्चालन हुन नसक्ने भएमा वा परीक्षा सञ्चालन हुँदाका बखत परीक्षा केन्द्रमा कुनै प्रकारको गडवडी वा अनियमितता भएमा वा कुनै बाधा अवरोध खडा भई एक वा सबै केन्द्रमा आंशिक वा पूर्ण रुपले परीक्षा सञ्चालन हुन नसकेमा आयोगले कारण जनाई सो दिनको परीक्षा वा सोसँग सम्बन्धित विज्ञापन वा विज्ञापनको सम्पूर्ण परीक्षा आंशिक वा पूर्ण रुपले रद्द गर्न सक्नेछ ।